Thursday, June 19, 2025
समाजसोलुखुम्बु बाढीपीडितको उद्धारमा खटिएका १३ प्रहरी पुरस्कृत

सोलुखुम्बु बाढीपीडितको उद्धारमा खटिएका १३ प्रहरी पुरस्कृत

spot_img

सोलुखुम्बु | थामेमा गत साउन २६ गते आएको बाढीबाट प्रभावित नागरिक तथा भौतिक सम्पत्तिको सफलतापूर्वक उद्धारमा खटिएका १३ जना नेपाल प्रहरीलाई सम्मान गरिएको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले प्रहरी निरीक्षक लक्ष्मण गिरीको नेतृत्वमा खटिएका प्रहरीको समूहलाई आज पुरस्कार प्रदान गरेको हो।

पुरस्कृत हुनेमा एक प्रहरी निरीक्षक, दुई प्रहरी सहायक निरीक्षक, एक प्रहरी वरिष्ठ हवल्दार, तीन प्रहरी हवल्दार, दुई प्रहरी सहायक हवल्दार, र चार जना प्रहरी जवान छन्।

-Ads-

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार, यी प्रहरीकर्मीहरूले थामेमा प्राकृतिक विपत्तिको समयमा जनधनको क्षति न्यूनीकरणमा सक्रिय भूमिका खेलेका कारण नेपाल प्रहरीको अभिलेखमा राखिने गरी पुरस्कृत गरिएको हो।

थामेमा बाढीले विद्यालय, स्वास्थ्य चौकी, होटेल, र घरहरूमा ठूलो क्षति पुर्याएको थियो, जसले गर्दा स्थानीय बासिन्दाहरू ठूलो जोखिममा थिए। उद्धार कार्यमा खटिएका प्रहरीकर्मीहरूले बाढीपीडितहरूको समयमै उद्धार, जोखिम न्यूनीकरण, र सचेतना फैलाउने जस्ता महत्त्वपूर्ण कार्यमा कुशलतापूर्वक काम गरेको घिमिरेले जानकारी दिए।

पुरस्कृत प्रहरी निरीक्षक लक्ष्मण गिरीले भने, “पुरस्कारले उच्च मनोबलका साथ राष्ट्रको सेवामा लाग्न थप प्रेरणा मिलेको छ।”

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा भएको बाढीले एक विद्यालय, एक स्वास्थ्य चौकी, दुई होटेल, र १३ घरहरू पूर्ण रूपमा ध्वस्त भएका थिए, भने १० वटा घरमा आंशिक क्षति पुगेको थियो। साथै, ९५० किलोवाट क्षमताको जलविद्युत् आयोजनामा समेत क्षति पुगेको थियो।

यस प्राकृतिक विपत्तिबाट स्थानीय बासिन्दाहरूलाई ठूलो आर्थिक र भौतिक क्षति भयो, जसको न्यूनीकरणमा नेपाल प्रहरीको योगदान प्रशंसनीय रहेको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img