देशगण्डकी प्रदेशबागलुङमा बाढीले तीन जनाको मृत्यु

बागलुङमा बाढीले तीन जनाको मृत्यु

बागलुङ | बागलुङ नगरपालिकामा आएको बाढीले तीन जनाको ज्यान लिएको छ। बिहीबार राति बान्द्रे खोलामा आएको बाढीले दुई मोटरसाइकल बगाउँदा यो दुर्घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, घटना बागलुङ नगरपालिका-४ स्थित बान्द्रे खोलामा भएको थियो। राति १२ बजेतिर आएको बाढीले कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध१प ९९९६ नम्बरको स्कुटर बगाएको थियो।

यस दुर्घटनामा बागलुङ-४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको छ। उनीहरूको शव घटनास्थलदेखि दुई सय मिटर तल फेला परेको थियो। प्रारम्भमा बेपत्ता भएका २० वर्षीय कमल सापकोटाको शव पनि पछि घटनास्थलभन्दा पाँच सय मिटर तल फेला परेको छ।

प्रहरीले जानकारी दिए अनुसार, मृतकहरूको शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको छ। तर, निरन्तर वर्षाका कारण खोज तथा उद्धार कार्यमा कठिनाई भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img