Saturday, May 17, 2025
समाजएप्पलको युट्युब च्यानल ह्याक
spot_img

एप्पलको युट्युब च्यानल ह्याक

spot_img

काठमाडौं । सोमबार राति पौने ११ बजे एप्पलको बहुप्रतिक्षित आईफोन १६ सिरिज घोषणा गर्ने इभेन्टको तयारी पूरा भएको थियो। भौतिक र अनलाइन दुवै माध्यमबाट हुने यस कार्यक्रममा विश्वभरका लाखौं व्यक्तिले भाग लिने अपेक्षा गरिएको थियो। तर, कार्यक्रम सुरु हुनुभन्दा केही समयअघि नै एप्पलको अमेरिकामा केन्द्रित युट्युब च्यानलबाट एक नक्कली लाइभ भिडिओ प्रसारित भयो।

यो नक्कली भिडिओमा एप्पलका सीईओले बिटक्वाइनबारे जानकारी दिइरहेको देखाइएको थियो। भिडिओमा आवाज अस्वाभाविक थियो र अधिकांश भाग बिटकक्वाइनको प्रचारले ढाकिएको थियो। यो भिडिओलाई सात लाख भन्दा बढी दर्शकले हेरे, जसमध्ये धेरैले यसलाई वास्तविक मानेका थिए।

पछि थाहा भएअनुसार, यो भिडिओ डिपफेक प्रविधिको प्रयोग गरेर बनाइएको थियो। भिडिओमा दिइएको लिङ्कमार्फत लगानी गर्न प्रेरित गरिएको थियो, जसले गर्दा सयौं प्रयोगकर्ता झुक्किएर वेबसाइट भिजिट गरेको बताइएको छ। यो घटना बाहिरिएपछि युट्युबले तुरुन्तै उक्त भिडिओलाई हटायो। यस घटनाले एप्पल जस्तो ठूलो कम्पनीको नाममा समेत साइबर अपराधीहरूले कसरी प्रयोगकर्तालाई ठग्न सक्छन् भन्ने देखाएको छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img