इटहरी | मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि उनका समर्थकले तीनवटा भारतीय मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
प्रसाईंका समर्थकले झापाको बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेका हुन् । अज्ञात समूहले आगजनी गरी फरार भएका थिए ।
यसैगरी बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टी–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालवाहक ट्रकमा आगजनी गरेको प्रहरीले जनाएको छ ।
६ वटा मोटरसाइकलमा आएका १२ जनाको समूहले ट्रकमा आगजनी गरेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी गरिएको छ । आगजनीमा संलग्नको खोजी भैरहेको प्रहरीको भनाइ छ ।