समाजमहानगरको एक्सनपछि लाज छोप्न एमालेले गर्‍यो दरबारमार्गमा सरसफाइ

महानगरको एक्सनपछि लाज छोप्न एमालेले गर्‍यो दरबारमार्गमा सरसफाइ

काठमाडौं | दरबारमार्गमा शुक्रबार दिउँसो आयोजित नेकपा (एमाले)को ‘जागरण सभा’ले चर्चा मात्र होइन, विवाद पनि निम्त्यायो। सभापछि फोहोर व्यवस्थापनको जिम्मेवारी पूरा नगरी सडकमा छाडिएकाले काठमाडौं महानगरपालिकाले सफाइ गर्न कर्मचारी परिचालन गर्नुपर्‍यो।

महानगरले सभाबाट भएको वातावरण प्रदूषणलाई मध्यनजर गर्दै एमालेमाथि एक लाख रुपैयाँ जरिवाना तोकेको छ। यो जरिवाना फोहोर मैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम गरिएको हो।

महानगरको तर्फबाट सफाइ टोलीले सडक सफा गरेपछि, एमालेको भातृ संगठन युवा संघ नेपालले पनि आफ्नो पहलमा सरसफाइ अभियान थालेको छ। तर, यसलाई महानगरले ‘लोकलाज ढाक्न गरिएको प्रयास’ भनेको छ।

युवा संघका निवर्तमान अध्यक्ष रमेश पौडेलले महानगरलाई पूर्वाग्रही व्यवहार गरेको आरोप लगाउँदै फोहोर संकलनमा सवारी साधन नदिएको गुनासो गरे। महानगरले भने नियम मिच्ने कुनै पनि पक्षविरुद्ध कार्यवाही हुने स्पष्ट पारेको छ।

एमालेको जागरण सभापछि उठेको फोहोरको यो प्रकरणले पार्टी र महानगरबीच नयाँ टकराव निम्त्याएको देखिन्छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img