Saturday, May 17, 2025
समाजसहकारी ठगी आरोपी रविलाई अझै १५ दिन हिरासत राख्‍ने अनुमति
spot_img

सहकारी ठगी आरोपी रविलाई अझै १५ दिन हिरासत राख्‍ने अनुमति

spot_img

कास्की | सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि आज उपस्थित गराइएका रविलाई भीमलाल बेलबासेको इजलासले १५ दिनको म्याद थपको अनुमति दिएको हो।

यसअघि कार्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएलगत्तै आज फेरि लामिछानेलाई अदालत उपस्थित गराइएको थियो।

लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधका साथै सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img