Monday, February 17, 2025
समाजचितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते, एकको अवस्था गम्भीर

चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते, एकको अवस्था गम्भीर

चितवन | चितवनको उपरदाङगढीमा पिकनिक गएका विद्यार्थी बोकेको स्कुल बस शनिबार साँझ दुर्घटनामा परेको छ। कालिका नगरपालिका–४, पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नम्बरको बस कालिका नगरपालिका–९, द्रब्यटारमा दुर्घटनाग्रस्त भएको हो। बस ब्रेक फेल भएर सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका घाइते भएका छन्। प्रहरीका अनुसार बसमा ३० जना विद्यार्थी र दुई शिक्षकसहित ३२ जना सवार थिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको र २२ जनाको चितवन मेडिकल कलेजमा तथा ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए।

पिकनिक सकेर फर्कने क्रममा ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक जानकारीमा उल्लेख गरिएको छ। घटनापछि स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा घाइतेहरूको उद्धार गरी तुरुन्तै अस्पताल पुर्याइएको थियो।

यस घटनाले स्कुल बसको सुरक्षामा ध्यान दिनुपर्ने आवश्यकता फेरि एक पटक सतहमा ल्याएको छ। पुराना बसहरूको नियमित मर्मत र सुरक्षाका उपायहरू सुनिश्चित नगर्दा विद्यार्थीहरूको जीवन जोखिममा पर्ने गरेको विज्ञहरूले बताएका छन्।

दुर्घटनास्थल नजिकै उद्धारमा सहभागी एक स्थानीयले भने, “हामी तत्कालै घटनास्थलमा पुगेका थियौं। बालबालिकाहरू डराएर रोइरहेका थिए। सकेसम्म चाँडो अस्पताल पुर्याउन प्रयास गर्यौं।”

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img