Sunday, January 19, 2025
कोशी प्रदेशइटहरीइटहरीमा ट्राफिक प्रहरीको कडाइ, ८१ सिटी सफारी चालक पक्राउ

इटहरीमा ट्राफिक प्रहरीको कडाइ, ८१ सिटी सफारी चालक पक्राउ

इटहरी | नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीले हालै इटहरी नगरपालिकामा लाइसेन्स बिना सिटी सफारी सञ्चालन गर्ने ८१ जना चालकलाई पक्राउ गरी कारवाही गरेको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर त्वातीका अनुसार, लाइसेन्स बिना सवारी सञ्चालन गर्दा दुर्घटना र अप्रिय घटनाको सम्भावना बढ्ने भएकाले यो अभियानलाई प्राथमिकतामा राखिएको हो। इटहरीका विभिन्न स्थानमा गरिएको चेकिङ्गका क्रममा लाइसेन्स नभएका चालकहरूलाई पक्राउ गरी तत्काल कारवाही गरिएको छ।

डिएसपी त्वातीले भने, “सवारी चालक अनुमतिपत्र बिना सवारी चलाउनु गैरकानुनी मात्र नभई गम्भीर खतरा पनि हो। हामीले नगरपालिकामा सुरक्षित यातायात सेवा प्रवर्द्धन गर्न यो कदम चालेका हौं।”

सिटी सफारी चालकहरूका लागि विशेष चेकिङ्ग गरिएको थियो, जसमा अधिकांश चालकहरू लाइसेन्स प्राप्त गर्ने प्रक्रियामा रहेको पाइएको छ। प्रहरीले उनीहरूलाई चाँडो प्रक्रिया पूरा गर्न र यातायात नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

डिएसपी त्वातीले भने, “हामीले नियम उल्लंघन गर्नेलाई कडा दण्ड दिने र लाइसेन्स प्राप्तिका लागि सहयोग गर्ने नीति अपनाएका छौं।” उनले आगामी दिनमा पनि यस्तो अभियानलाई निरन्तरता दिने र यातायात दुर्घटना न्यूनीकरणका लागि कडाइ गर्ने बताएका छन्।

साथै, ट्राफिक प्रहरी कार्यालयले सवारी चालकहरूको सचेतना बढाउन थप प्रशिक्षण कार्यक्रम र यातायात नियम सम्बन्धी जागरुकता अभियान सञ्चालन गर्ने योजना बनाएको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img