Monday, January 13, 2025
समाजमनहरीमा बाघको आक्रमणबाट ७२ वर्षीया वृद्धाको मृत्यु

मनहरीमा बाघको आक्रमणबाट ७२ वर्षीया वृद्धाको मृत्यु

हेटौँडा | मनहरी गाउँपालिका-५ बसन्तपुरमा आइतबार साँझ बाघको आक्रमणबाट ७२ वर्षीया कान्छीमाया रुम्बाको ज्यान गएको छ। घाँस काट्न घरबाट बारीतर्फ गएकी वृद्धा लामो समयसम्म नफर्केपछि परिवार र स्थानीयले खोजी थालेका थिए।

खोज्ने क्रममा युवाहरुले बाघको आक्रमणको संकेत देखेपछि पछ्याउँदै जाँदा कान्छीमायाको शव भेटिएको हो। वडा नं ५ का वडाध्यक्ष दीपेन्द्र अधिकारीका अनुसार, बाघले कान्छीमायालाई बोकेर लगेको र भीडभाडको कारण लास छाडेर भागेको अनुमान गरिएको छ।

घटनास्थलमा शवको टाउको र तिघ्राका भागको मासु बाघले खाइसकेको अवस्थामा फेला परेको छ। गाउँपालिका कार्यालयबाट १०० मिटर पश्चिमतर्फ पर्ने घटनास्थलमा अहिले स्थानीय त्रसित बनेका छन्। घटनापछि गाउँमा बाघको आतंकले मानिसहरुमा भय बढेको छ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व समाधानका लागि स्थानीयले तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img