Monday, January 13, 2025
समाजसर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु

काठमाडौं । सर्लाहीमा बसले थिचेर सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा बलरा नगरपालिका-९ छतौना बोर्डर आउट पोस्ट (बिओपी)का इन्चार्ज विजयकुमार तुलाधर रहेका छन्।

ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक तुलाधरमाथि मंगलबार राति बस बजारिएको नेपाल प्रहरी मधेस प्रदेश कार्यालयले जनाएको छ।बागमती प्रदेश०१-००६ख २००४ नम्बरको बसले तुलाधरलाई थिचेको थियो।

बसले थिचेर गम्भीर घाइते भएका निजको उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ। प्रहरीले घटनास्थलबाट बसका चालकसहित तीन जनालाई पक्राउ गरेको छ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img