समाजभोजपुरमा करेन्ट लागेर २९ वर्षका राईको निधन

भोजपुरमा करेन्ट लागेर २९ वर्षका राईको निधन

भोजपुर | भोजपुरको षडानन्द नगरपालिकामा करेन्ट लागेर एक पुरुषको निधन भएको छ । करेन्ट लागेर षडानन्द नगरपालिका-४ का बर्ष २९ को आशिष राईको निधन भएको हो ।

षडानन्द नगरपालिका-४, काभ्रेमा मालबाहक एलपी गाडीबाट बिजुलीको पोल अनलोड गर्ने क्रममा पोलले विजलीको तार छोएपछि अचानक करेन्ट लागेर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भाेजपुरले जनाएको छ ।

उनलाई उपचारको लागि प्राथमिक स्वस्थ्य केन्द्र, मुलपानीमा ल्याइएको थियो । उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि खाँदबारी लगिएको छ ।<

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img