चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका-५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।
माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाको आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।