Saturday, February 15, 2025
समाजओखलढुङ्गामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

ओखलढुङ्गामा बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

ओखलढुङ्गा । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो दुर्घटनामा पर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।

सिद्धिचरण लोकमार्गअन्तर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-७ भँडारे खोलामा बिहीबार बिहान सुमो दुर्घटनामा परेको हो। दुर्घटनामा खोटाङको कोपिलासगढी गाउँपालिका-३ की ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी दिक्तेल-रुपाकोट-मझुवागढी नगरपालिका-१२ की ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

ना १ ज ६४२१ नम्बरको टाटा सुमो बिरामी लिएर काठमाडौं जाँदै गर्दा अनियन्त्रित भई करिब १०० मिटर तल खसेको थियो। मृतक मायादेवीलाई उपचारका लागि छोरा पुजन र बहिनी तारा लिएर काठमाडौं जाँदै थिए।

सुमो चालक सुनसरी इनरुवा नगरपालिका-२ का २२ वर्षीय अनिल पण्डित भने दुर्घटनापछि फरार भएका छन्। दुर्घटनाग्रस्त गाडीमा चालकसहित चार जना सवार रहेको प्रहरीले जनाएको छ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img