Wednesday, April 30, 2025
समाजमनहरीमा बस र म्याजिक ठोक्किँदा चालकको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध
spot_img

मनहरीमा बस र म्याजिक ठोक्किँदा चालकको मृत्यु, आफन्तद्वारा राजमार्ग अवरुद्ध

हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका-६ लोथर बजारस्थित पूर्व-पश्चिम राजमार्गमा मंगलबार बिहान बस र म्याजिक गाडी ठोक्किँदा म्याजिक चालकको मृत्यु भएको छ।

चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००६ ख ५६८१ नम्बरको बस र  मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०३-००१ च ३०१२ नम्बरको म्याजिक गाडी एकआपसमा ठोक्किँदा म्याजिकका चालक सन्देश कोईराला गम्भीर घाइते भएका थिए। मकवानपुरको राक्सिराङ गाउँपालिका-४ निवासी ३२ वर्षीय कोईरालाको खुट्टा, टाउको तथा शरीरमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि चितवनको नयाँ मेडिकल कलेज, भरतपुर पठाइए पनि बिहान ४:१५ बजे अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृतक कोईरालाका आफन्तजन र स्थानीयले घटना भएको केही समयपछि इलाका प्रहरी कार्यालय, मनहरी अगाडि राजमार्ग अवरुद्ध गरेका छन्। उनीहरूले बस चालकलाई कडा कारबाहीको माग गर्दै प्रदर्शन गरिरहेका छन्। मृतक कोईराला मनहरीको रोटरी मार्केटमा तरकारी व्यवसाय गर्दै आएका थिए।

प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिन तथा शान्ति-सुरक्षाको व्यवस्था मिलाउन प्रहरी परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक सापकोटाले प्रदर्शनकारीलाई वार्ताका लागि आग्रह गरिएको जानकारी दिएका छन्। दुर्घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img