समाजस्वतन्त्र पत्रकार संघद्वारा हिंसात्मक प्रदर्शनको निन्दा, प्रेस स्वतन्त्रताको माग

स्वतन्त्र पत्रकार संघद्वारा हिंसात्मक प्रदर्शनको निन्दा, प्रेस स्वतन्त्रताको माग

हेटौँडा | स्वतन्त्र पत्रकार संघ नेपालले चैत १५ गते शुक्रबार काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। संघले प्रतिनिधि सभा दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित राजावादी समूहहरूको संलग्नतामा भएको प्रदर्शन अराजक बन्दै तोडफोड, लुटपाट र आगजनीमा परिणत हुनु निन्दनीय रहेको जनाएको छ।

स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बाँस्तोलाद्वारा जारी विज्ञप्तिमा नागरिक अधिकार सुनिश्चित रहेको र शान्तिपूर्ण प्रदर्शन गर्न सकिने कानुनी व्यवस्था हुँदाहुँदै हिंसात्मक गतिविधि हुनु अस्वीकार्य रहेको उल्लेख छ। घटनाका क्रममा समाचार संकलनका लागि खटिएका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको घटनाले सम्पूर्ण सञ्चार जगत स्तब्ध भएको बताउँदै स्वर्गीय रजकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ। यस्तै, अनलाइन खबरका पत्रकार दिनेश गौतममाथि आक्रमण भई घाइते हुनु दुःखद भएको संघको भनाइ छ।

संघले नेपाल सरकारसँग घटनाको विस्तृत छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। विज्ञप्तिमा लोकतन्त्रको नाममा हिंसात्मक आक्रमण, तोडफोड, आगजनी, लुटपाट जस्ता गतिविधि, सञ्चारमाध्यममाथि आक्रमण तथा निजी सम्पत्तिमा क्षति पुर्याउने कार्य क्षम्य हुन नसक्ने उल्लेख छ।

संघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि भएका जुनसुकै अवरोधको घोर भर्त्सना गर्दै सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न तथा यस्ता घटना दोहोरिन नदिन सरकारको ध्यानाकर्षण गराएको छ। साथै, प्रेस स्वतन्त्रताको रक्षा गर्न सबै पक्ष जिम्मेवार र जवाफदेही बन्नुपर्ने उल्लेख गर्दै स्वतन्त्र पत्रकार संघ नेपालका विभिन्न जिल्ला शाखाहरूले पनि उक्त माग राख्दै विज्ञप्ति जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img