बागमती प्रदेशमकवानपुरहेटौँडामा राजतन्त्र पुनःस्थापनाको पक्षमा राप्रपाको विरोध प्रदर्शन

हेटौँडामा राजतन्त्र पुनःस्थापनाको पक्षमा राप्रपाको विरोध प्रदर्शन

हेटौँडा | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट संगठन राष्ट्रिय युवा मोर्चाले हेटौँडामा मोटरसाइकल र्‍यालीसहित विरोध प्रदर्शन गरेको छ। आईतबार दिउँसो हेटौंडा बजार परिक्रमा गर्दै राप्रपाका कार्यकर्ताहरूले राजतन्त्र पुनःस्थापनाको पक्षमा नारा लगाएका हुन्।

प्रदर्शनकारीहरूले “पक्राउ परेका नेताहरु को तत्काल रिहाई गर”, “राजतन्त्र जिन्दाबाद”, “राज्य आतंक बन्द गर”, “मान्छे मार्न पाइँदैन”, “मृतक पत्रकारलाइ न्याय दे”, “गृहमन्त्री राजीनामा दे” र “हिन्दू राष्ट्र कायम गर” जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए।

राप्रपाको हेटौंडा सानोपोखराबाट सुरु भएको मोटरसाइकल र्‍याली मुख्य बजार परिक्रमा गर्दै सिमा चोकमा कोणसभामा परिणतभएको थियो । राप्रपा मकवानपुरका जिल्ला उपाध्यक्ष सागर थापाले सरकारले जनताको आन्दोलनलाई दमन गर्ने, नागरिकलाई बिना कारण पक्राउ गर्ने तथा दमनात्मक नीति अवलम्बन गरिरहेको भन्दै आगामी दिनमा अझ सशक्त रूपमा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img