अछाम | घाँटीमा मासु अड्किएर अछाममा एक जनाको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–५ नवाठाना निवासी ४२ वर्षीय डम्मर कुँवरको मृत्यु भएको हो।
चैतेदसैंको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा कुँवरको घाँटीमा मासु अड्किँदा बेहोस भएका थिए। उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा पुर्याइएको थियो।
उपचारका क्रममा आज दिउँसो कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इश्वरी भण्डारीले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय साँफेबगरबाट प्रहरी निरीक्षक उमेशबहादुर चन्दको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरीले जनाएको छ।