देशकर्णाली प्रदेशजाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प, ५.५ म्याग्निच्युडसम्मको धक्का

जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई भूकम्प, ५.५ म्याग्निच्युडसम्मको धक्का

जाजरकोट  । जाजरकोटमा ३ मिनेटको फरकमा दुई वटा भूकम्प गएको छ। शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु कुशे गाउँपालिका, पैक नजिकै रहेको छ।

भूकम्पको धक्का जाजरकोटसँगै सुर्खेत, दैलेख, सल्यान, कालिकोट, चितवन तथा बाग्लुङ लगायतका जिल्लामा समेत महसुस गरिएको थियो।

अचानक गएको भूकम्पपछि स्थानीय नागरिकहरू घरबाट बाहिर निस्किएका थिए। यसअघि हिजो (बिहीबार) साँझ ५ बजेर ४ मिनेटमा दार्चुलामा पनि भूकम्प गएको थियो।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img