समाजवीरगञ्जमा समुदायबीचको झडपपछि कर्फ्यू जारी

वीरगञ्जमा समुदायबीचको झडपपछि कर्फ्यू जारी

वीरगञ्ज  |  हनुमान जयन्तीको अवसरमा आयोजना गरिएको शोभायात्राका क्रममा दुई समुदायबीच झडप भएपछि वीरगञ्जको छप्कैया क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। स्थिति नियन्त्रण बाहिर जान नदिन पर्सा जिल्ला प्रशासन कार्यालयले आज साँझ ६:३० बजेदेखि भोलि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यू लगाउने निर्णय गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गर्दै संवेदनशील क्षेत्रका बासिन्दालाई घर बाहिर ननिस्कन आग्रह गरेका छन्। प्रशासनले हाललाई स्थिति नियन्त्रणमा लिने प्रयासस्वरूप सुरक्षाकर्मीको बाक्लो उपस्थितिसहित तत्कालीन रूपमा कठोर निर्णय लिएको जनाएको छ।

झडपको क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो भने केही प्रहरी घाइते भएको पुष्टि जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्रले गरेका छन्। घाइते प्रहरीको अवस्था सामान्य रहेको र हाल वीरगञ्ज क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको उनले जानकारी दिए।

धार्मिक पर्वको रूपमा शान्तिपूर्णरूपमा सुरु भएको शोभायात्रा दुई पक्षबीचको भनाभनपछि तनावग्रस्त बन्दै झडपमा परिणत भएको थियो। घटनापछि प्रशासन र सुरक्षाकर्मी सतर्क अवस्थामा रहेका छन् भने स्थानीय जनतालाई अफवाहमा नपर्न र संयमित रहन आग्रह गरिएको छ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img