शिक्षाकक्षा १२ को परीक्षा तोकिएको मितिमै हुन्छ, ‘भ्रामक सूचना नफैलाउनू’ : बोर्ड

कक्षा १२ को परीक्षा तोकिएको मितिमै हुन्छ, ‘भ्रामक सूचना नफैलाउनू’ : बोर्ड

काठमाडौं | कक्षा १२ को परीक्षा यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएको तालिकाअनुसार नियमित रूपमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले विभिन्न सामाजिक सञ्जालमा अनधिकृत रूपमा बोर्डको लोगो र नाम प्रयोग गरी गरिएको भ्रामक प्रचारप्रति कडा आपत्ति जनाउँदै, विद्यार्थी र अभिभावकलाई सावधानी अपनाउन आग्रह गरेको छ।

परीक्षा नहुने वा फेरि सारिने जस्ता अफवाहहरू सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको अवस्थामा बोर्डले स्पष्ट पारेको हो कि अब परीक्षा तोकिएको मितिमा, तोकिएका परीक्षा केन्द्रमै, नियमित रूपमा हुने छ।

यसअघि नेपाल शिक्षक महासंघको आन्दोलनका कारण परीक्षा सारिएको थियो। पहिल्यै वैशाख ११ गतेदेखि हुने भनिएको परीक्षा महासंघको असहयोगका कारण पछाडि सरेको थियो। तर, अब महासंघसँग सहमति कायम भइसकेकाले परीक्षा सञ्चालनमा कुनै अवरोध नरहने बोर्डको दाबी छ।

फेसबुक पेज छैन, अफिसियल सूचना मात्र वेबसाइटमार्फत

बोर्डले खास गरी फेक फेसबुक पेज र स्क्रिनसटमार्फत परीक्षा स्थगित भएको भनी प्रचार गर्ने समूहप्रति आपत्ति जनाउँदै चेतावनी दिएको छ — बोर्डको कुनै पनि अधिकृत फेसबुक पेज छैन। सबै जानकारी www.neb.gov.np वेबसाइटमार्फत मात्रै आउने बोर्डले स्पष्ट पारेको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको जनाउँदै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक, सञ्चारकर्मी र विद्यार्थीहरूलाई परीक्षा मर्यादित र व्यवस्थित ढंगले सम्पन्न गराउन सहयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img