Tuesday, July 8, 2025
समाजभारतमा फेरि कोरोना संक्रमण वृद्धि, ६ दिनमै संक्रमित संख्या तीनगुना

भारतमा फेरि कोरोना संक्रमण वृद्धि, ६ दिनमै संक्रमित संख्या तीनगुना

spot_img

हेटौँडा |  छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमण फेरि तीव्र गतिमा फैलिन थालेको छ। पछिल्लो केही दिनयता संक्रमितको संख्या ह्वात्तै बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

पछिल्लो २४ घण्टाको विवरणअनुसार १ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् भने देशभर हाल ३,५७८ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ।

-सूचना-

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार १२ जेठमा देशभर जम्मा १ हजार ९ सक्रिय संक्रमित मात्रै थिए। तर, पछिल्ला ६ दिनमा संक्रमितको संख्या झन्डै तीन गुणाले बढेर ३ हजार ५७८ पुगेको छ। यसअघि १५ राज्यमा मात्र संक्रमण देखिएको थियो, अहिले भने २६ राज्यमा कोरोना फैलिएको पुष्टि भएको छ।

केरलमा सबैभन्दा धेरै संक्रमित, दुई संक्रमितको मृत्यु

सबैभन्दा बढी संक्रमित केरलमा फेला परेका छन्। पछिल्लो २४ घण्टामा मात्र ६४ जना नयाँ संक्रमित भेटिएसँगै त्यहाँ सक्रिय संक्रमितको संख्या १,४०० पुगेको छ।

अन्य प्रभावित राज्यहरूमा महाराष्ट्रमा ४८५, दिल्लीमा ४३६, गुजरातमा ३२०, पश्चिम बंगालमा २८७, कर्नाटकमा २३८, तमिलनाडुमा १९९ र उत्तर प्रदेशमा १४९ जना संक्रमितको उपचार भइरहेको छ।

धेरैजसो संक्रमितहरू होम आइसोलेसनमै रहेका छन् र उनीहरू क्रमशः संक्रमणमुक्त पनि भइरहेका छन्।

कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ। केरलमा ६३ वर्षीय एक पुरुष र कर्नाटकमा २४ वर्षीया एक युवतीको ज्यान गएको हो। दुबै मृतक अन्य दीर्घरोगबाट पनि पीडित थिए।

यद्यपि, अहिलेको कोरोना संक्रमण पुरानाभन्दा कम घातक देखिए पनि स्वास्थ्य विशेषज्ञहरूले सावधानी अपनाउन सुझाव दिएका छन्।

spot_img
spot_img

प्रकाशित मिति :

spot_img

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img