देशकोशी प्रदेशझापाको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापाको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापा | झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा आज दुर्लभ पहेंलो रङ्गको कछुवा फेला परेको छ। पाथीभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बाँस्तोलाले सामुदायिक वनसँगै रहेको चिसो पानी रसाइरहने स्थानमा उक्त कछुवा भेट्टाएका हुन्।

उनका अनुसार उक्त कछुवा ‘स्पटेड नर्थर्न इन्डियन फ्ल्यापसेल टर्टल’ प्रजातिको हो, जुन नेपालमा निकै दुर्लभ मानिन्छ। चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार, पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो कछुवा नेपालका केही तराई भेगमा करिब ४०० मिटर उचाइसम्म मात्र पाइन्छ।

सुब्बाले उक्त कछुवा ‘क्रोमेटिक ल्युसिज्म’ नामक दुर्लभ रंगीय रूपको प्रतिनिधि भएको उल्लेख गर्दै भने, “यो पहेंलो रूप नेपालमा दोस्रो पटक मात्र अभिलेख भएको हुनसक्छ। यसअघि जनकपुरमा यस प्रजातिको पहेंलो कछुवा फेला परेको थियो।”

संरक्षणको दृष्टिकोणले यस्ता कछुवा उच्च महत्वका मानिन्छन्। अत्यन्त कम देखिने भएकाले जैविक विविधता अध्ययन र पर्यावरणीय सन्तुलनका हिसाबले यस्ता घटनाहरू उल्लेखनीय हुने अनुसन्धानकर्ताहरू बताउँछन्।

हाल उक्त कछुवालाई जलथल सब–डिभिजन वन कार्यालय, रंगियाडाँडाका वन कर्मचारीको जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img