Friday, July 18, 2025
समाजकोशी प्रदेशमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

कोशी प्रदेशमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

spot_img

कोशी  | विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएका एक ३९ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ। इलाम स्थायी घर भई हाल विराटनगरमा बसोबास गर्दै आएकी ती महिलालाई गम्भीर अवस्थामा अस्पताल ल्याइएपछि उपचारको क्रममा मृत्यु भएको हो।

महिलालाई सोमबार श्वासप्रश्वासमा समस्या र उच्च ज्वरो देखिएपछि बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको थियो। परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि मंगलबार बिहान ४:२० बजे उनलाई नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। तर अवस्था अत्यन्त गम्भीर रहेको हुँदा बिहान ६ बजे अस्पतालको आकस्मिक कक्षमै मृत्यु भएको चिकित्सकहरूले जानकारी दिएका छन्।

- Advertisement -

 कोशी प्रदेश प्रहरी कार्यालयले संक्रमणको अवस्था विस्तार हुँदै गइरहेको भन्दै सार्वजनिक स्थलहरूमा अनावश्यक आवतजावत न्यूनिकरण गर्न, मास्कको प्रयोग गर्न, स्वास्थ्य सुरक्षाका मापदण्डहरू पालना गर्न र लक्षण देखिएमा समयमै परीक्षण तथा उपचारका लागि सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार कोरोना संक्रमणको पुनः जोखिम देखिन थालेको वर्तमान अवस्थामा नागरिकस्तरमा उच्च सतर्कता आवश्यक छ। सार्वजनिक स्थानमा भिडभाड नियन्त्रण, परीक्षणको पहुँच विस्तार र स्वास्थ्य संस्थाहरूको तयारीलाई प्रभावकारी बनाउँदै संक्रमण रोकथाममा सबै निकाय गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याइएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img