काठमाडौं | हङकङमा बुधबार राति भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या ९४ पुगेको पुष्टि भएको छ। अधिकारीहरूले अझै केही व्यक्तिको अवस्थाबारे जानकारी छैन, जसले घटनाको गंभीरता अझ बढाएको छ।
सुरक्षाकर्मीका अनुसार मृतकमध्ये धेरैजसो सुतिरहेको बेला घना धुवाँमा निसास्सिएर ज्यान गुमाएका हुन्। प्रारम्भिक अनुमानले विद्युत् सर्टबाट आगो सुरु भएको सम्भावना देखाए पनि अन्तिम कारण पत्ता लगाउन विस्तृत अनुसन्धान अघि बढाइएको छ।
आगलागी शहरको सबैभन्दा भीडभाड भएको क्षेत्रमा रहेका बहुमञ्जिला आवासीय भवनहरूमा मध्यराततिर सुरु भएको हो। ती भवनमा विदेशी कामदारदेखि स्थानीय परिवारसम्म ठूलो संख्या बस्दै आएका थिए।
उद्धारकर्मीहरूको टोली आज बिहानसम्म पनि घटनास्थलमा क्रियाशील छ। घाइतेहरूलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ, जस मध्ये धेरैको अवस्था गम्भीर छ।
आगलागीपछि विस्थापित सयौं व्यक्तिलाई नगर प्रशासनले अस्थायी आश्रय स्थलमा सारिएको छ। हङकङ प्रशासनले मृतकका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने र राहत–पुनर्स्थापनाका कार्यक्रम अघि बढाइने जनाएको छ।



