खेल समाचारएनपीएलमा चितवन–काठमाडौँ र कर्णाली–विराटनगर आज आमनेसामने
spot_img

एनपीएलमा चितवन–काठमाडौँ र कर्णाली–विराटनगर आज आमनेसामने

काठमाडौं | दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज शुक्रबार दुई खेल हुँदैछन्। पहिलो खेल बिहान ११:४५ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ।

चार खेल खेलेको काठमाण्डु र तीन खेल मात्र खेलेको चितवन दुवैको ४–४ अंक छ। तालिकामा चितवन तेस्रो र काठमाडौं चौथो स्थानमा छन्। यस्तो अवस्थामा दुवै टिमका लागि आजको खेल महत्वपूर्ण बनेको छ। चितवनलाई कुशल मल्लले नेतृत्व गर्नेछन् भने काठमाण्डुलाई करण केसीले कप्तानी गर्नेछन्।

दोस्रो खेल दिउँसो ४ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ। चार खेलमा एक मात्र पराजय भोगेको विराटनगरले ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। तीन खेल खेलेको कर्णालीले एक खेल मात्रै जितेको छ र पाँचौं स्थानमा छ। विराटनगरका लागि अगाडि बढ्ने राम्रो मौका भए पनि कर्णालीका लागि आजको खेल जित्नैपर्ने अवस्थामा छ।

कर्णालीका कप्तान सोमपाल कार्की हुन् भने विराटनगरको कप्तानी सन्दीप लामिछानेले सम्हाल्नेछन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img