देशगण्डकी प्रदेशपर्वतमा सवारी दु'र्घटना हुँदा एकको मृत्यु, २३ जना घा'इते

पर्वतमा सवारी दु’र्घटना हुँदा एकको मृत्यु, २३ जना घा’इते

पर्वत — मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ परादीमा शनिबार बिहान बस दु’र्घटना हुँदा एक कि’शोरको घट’ना’स्थलमै ‘मृत्यु भएको छ । मृ’त्यु हुनेमा मध्यपहाडी लोकमार्गमै कार्यरत सडक मजदुर रहेको पर्वत प्रहरीले जनाएको छ ।

विरगञ्जबाट बागलुङतर्फ आउँदै गरेको ग २ ख ००९८ नम्बरको यात्रुबाहक बसले सडक मजदुर लिएर पातीचौरबाट दोबिल्ला आउँदै गरेको को १ च ६४२७ नम्बरको ट्याक्टरलाई बिहान ७ बजे ठक्कर दिएको प्रहरीले जनाएको छ ।

‘मृत्यु हुनेमा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–२ का १८ वर्षीय विशाल लामिछाने रहेको पर्वत प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बताए । उनका अनुसार तीव्र गतिमा गुडेको रात्रीबसले सोही दिशातर्फ गुडिरहेको ट्याक्टरलाई ठक्कर दिएको थियो ।

निर्माणाधीन मध्यपहाडी सडकको कामका लागि २४ जना मजदुर लिएर ट्याक्टर दोबिल्ला आउँदै गरेको थियो । प्रहरीका अनुसार गम्भीर घा’इते पाँच जना मजदुरलाई उपचारका लागि पोखरा पठाइएको छ । अन्य १८ जनाको पर्वत अस्पतालमा उपचार भइरहेको प्रनाउ बुढाथोकीले इन्फो नेपालका संवाददाता लाइ बताए ।

बस तीव्र गतिमा रहेकोले सोही दिशामा रहेको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको हुन सक्ने देखिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img