समाजवली ह'त्या प्रकरण : चार जनालाई ज'न्मकै'दको सजाय

वली ह’त्या प्रकरण : चार जनालाई ज’न्मकै’दको सजाय

दाङमा दुई वर्षअघि एक युवकको ह’त्या गरेको ठहर गर्दै चार जना युवालाई जिल्ला अदालत दाङले जन्म कै’दको सजाय सुनाएको छ । दाङ देउखुरी जिल्ला अदालतले ह’त्या आरोपमा पक्राउ परेका तुलसीपुरका विवेकसिंह ठकुरी (विक्की) सहित चार जनालाई जन्मकैदको फैसला सुनाएको हो ।

न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसहित सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । तुलसीपुर १२ उरहरीका रामबहादुर वलीको ह’त्या आरोपमा पक्राउ परेका उनीहरूलाई दोषी ठहर गदै उक्त फैसला सुनाइएको अदालतले जनाएको छ । २०७६ साल असार २८ गते उरहरीमा ठकुरीको समूहले खु’कुरी प्र’हार गरी वलीको ह’त्या गरेको थियो ।

सोही घ’टनामा संलग्न भएको आरोपमा पक्राउ परेका शुभम् मल्ल, तेजेश पिएम, अमृत वली, सुन्दर बस्नेत र सरोज बुढामगरलाई साढे १२ वर्ष कै’द सजाय सुनाइएको छ ।

अभियुक्त ठकुरीले यसअघि २०६९ मंसिर ३० गते दाङको मोतीपुरका जितबहादुर चौधरीमाथि गो’ली प्रहार गरी ह’त्या गरेको आ’रोप लागेको र त्यतिबेला १५ वर्ष मात्रै उमेर भएकाले ठकुरीलाई अदालतले सुधारगृह पठाएको दाङ प्रहरी जनाएको छ । तर, उनी सुध्रिनुको साटो विभिन्न समयमा आपराधिक गतिविधिमा संलग्न हुँदै आएको र त्यही अन्तरगत वलीको ह’त्या सम्मको घटना भएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img