देशजाडो बढ्न थालेसँगै चौरी ठाउँ छोड्दै

जाडो बढ्न थालेसँगै चौरी ठाउँ छोड्दै

सुनसरी : मिक्वाखोला-५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजिका लागि तल्लो भेग झर्ने गरेको बताएका छन् ।

उनी भन्छन् `जाडो बढ्न थालेपछि हामी चौरीगोठ बेसितिर झार्छौ गर्मी सूरू भएपछि फेरि लेकतिर ल्याउने गर्छौ । जाडोले पशुचौपनय मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाले बेसी झर्नु बाध्यता हो ।´

गाउँमा तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेसी झर्न थालेका छन् । यहाँ किसान ६ महिना लेकतिर र ६ महिना बेसीतिरको खर्कमा चौरी तथा गाईभैंसी पाल्दै आएका छन् ।
कात्तिक पछि मंसिर-जाडोयाम सुरू भएसगँगै हिमाली भेग तथा पहाडी भेगका चौरीगोठ न्यानो स्थानको खोजिमा चौरी बेसी सार्न थालिएको छ ।

तेह्रथुम,संखुवासभा ,ताप्लेजुङको उच्च पहाडी क्षेत्रका चौरीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् र तल्लो भेगका खर्क र बसीमा चहलपहल बढेको छ । ताप्लेजुङको गोला, जलजलेलगायतका स्थानबाट चौरीहरू स्थानीयहरूे बेसी झार्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img