Wednesday, February 12, 2025
समाजउपाध्यक्षले अध्यक्षको दुईवटा दाँत भाँचिदिएपछि पनि रोकिएनन्

उपाध्यक्षले अध्यक्षको दुईवटा दाँत भाँचिदिएपछि पनि रोकिएनन्

सप्तरी । देश र जनताको सेवा गर्न पठाइएका जनप्रतिनिधि जुधेपछि उनीहरुबाट के आशा राख्ने ? एउटा सानो विषयमा विवाद हुँदा झगडा गर्नेले देशभित्रका जनताको मर्का के बुझ्छन् ? सुन्दा पनि लाज !

प्रसंग हो, सप्तरीको छिन्नमस्ता गाउँपालिकाको । मंगलबार किसानका लागि ल्याइएको बिऊ बिजन वितरण गर्ने कार्यक्रम थियो । वितरण कार्यक्रममा अध्यक्ष र उपाध्यक्ष उपस्थित हुने नै भए ।बैठकमा अध्यक्ष सूर्यनारायण मण्डलले केही वडामा मात्र बिऊ बिजन वितरण गर्ने सुनाए । तर, उनको उक्त योजनाविरुद्ध उपाध्यक्ष उषादेवी मण्डल उत्रिए । उपाध्यक्ष मण्डलले सबै वडामा दामासाहीका दरले बिऊ बिजन वितरण गर्नु पर्ने अडान लिइन् ।

तर, उनको कुरा अध्यक्ष मण्डलले मान्दै मानेन् । त्यसपछि विवाद सिर्जना भयो । बिऊ बिजन वितरण गर्ने विषयको विवाद अन्ततः गालीगलौ हुँदै हातपातको स्थितिमै पुग्यो ।रिसले चुर भएकी उपाध्यक्ष मण्डल अध्यक्ष मण्डलमाथि जाइ लागिन् । कुर्सी उचालेर अध्यक्षमाथि प्रहार गर्न थालिन् । अध्यक्ष पनि के कम उनले पनि कुर्सी उचालेर उपाध्यक्षमाथि प्रहार गर्न थाले ।

दुबैबीचमा कुटाकुटकै क्रममा उपाध्यक्षले अध्यक्षको दुईवटा दाँत नै भाँचिदिइन् । दाँत भाँचिएपछि रगत बग्न थाल्यो तैपनि अध्यक्ष कुटपिटबाट हटेनन् । कुटपिटकै क्रममा अध्यक्षको हातमा पनि चोट लागेको छ ।कुटपिटका क्रममा अध्यक्षको दाँत भाँचिए पनि उपाध्यक्षको हातमा मात्र चोट लागेको जिल्ला समन्वय समितिले जनाएको छ ।

अध्यक्ष उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीका हुन् भने उपाध्यक्ष त्यहीँ पार्टीबाट विभाजित भई निर्माण भएको लोकतान्त्रिक समाजवादी पार्टीका हुन् ।मंगलबार किसानका लागि कृषि शाखा कार्यालयबाट गाउँपालिकाको बजेटबाट खरिद गरि ल्याइएको ५ सय बोरा बिऊ बिजन कसरी वितरण गर्ने भन्ने निर्णय नभई कुटाकुट भएको थियो

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

सिफारिस