काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दु’र्घटना भएको छ । बुधबार तमिलनाडुको कुन्नुरमा हेलिकोप्टर दु’र्घटना भएको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।
हेलिकोप्टर दुर्घटनामा ४ जनाको मृ’तकको श’व फेला परेको टाइम्स अफ इन्डियाले जनाएको छ । हेलिकप्टर सुलुर आईएएफ बेसबाट वेलिंग्टनको डिफेन्स सर्भिसेज कलेज (डीएससी) तर्फ जाँदै गर्दा दु’र्घटना भएको थियो।
अहिले घटनास्थलमा आ’पतकालीन र उद्धार टोली खटिएको छ । जहाजमा गम्भीर घाईते भेटिएका दुई जनालाई अस्पताल लगिएको छ भने मृ’तकको सनाखत भइरहेको छ ।
‘दुर्घटनामा परेको हेलिकोप्टरमा रावतसहित उनको परिवार र १४ सेना सवार रहेको बताइएको छ । खराब मौसमका कारण यो दु’र्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । हाल उद्धार कार्य जारी रहेको बताइएको छ ।




