Saturday, June 14, 2025
समाजअन्ततः काठमाण्डौबाट पक्राउ परिन भीआइपी कार्की (भिडियो सहित)

अन्ततः काठमाण्डौबाट पक्राउ परिन भीआइपी कार्की (भिडियो सहित)

spot_img

काठमाडौं । आफूलाई सेलीब्रेटी पत्रकार भन्दै लामो समयदेखि विभिन्न सहकारीबाट पैसा असुल्दै आएकी एन्जिना कार्की पक्राउ परेकी छिन् । कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनले एक सहकारीसँग लामाे समयदेखि ठूलो रकम माग्दै आएकी थिइन् ।

कार्कीले सहकारीसँग ८ लाख बैंकमार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसककेकी थिइन् । यसरी पटक पटक पत्रकारको भेसमा रकम असुलेपछि सहकारीले प्रहरीलाई खबर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ । पैसा मोलमोलाइ र गिरफ्तारीका भिडियो प्रहरीले सार्वजनिक गर्दैछ ।

-Ads-

एन्जिना लामो समयदेखि पत्रकारितामा थिइन् । उनले तीन वर्ष तराई टेलिभिजनमा काम गरिन् । त्यसपछि हिमाल टेलिभिजन हुँदै भारतको जी टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतिय टेलिभिजन जि–टिभीमा जोडिएपछि उनले केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी हुन् ।

अहिले एन्जिना कुनै पनि सन्चार माध्यममा आवध्द छैनन् तर पत्रकारिता पेशाको नाममा उनले कमाउँदै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा फेसबुकमा रहेका नेपालका सन्चारकर्मी,व्यवसायी र राजनीतिक पार्टीका व्यक्तिहरुसँग खिचाएको तस्विरले सहयोग गरेको थियो । यसकार्यमा उनी एक्लै छैनन् । सात जनाको समूह रहेको छ ।

अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनले विभिन्न काम बनाइदिन्छु भन्दै रकम असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान जारी छ ।भिडियो

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img