वासिंगटन,(एजेन्सी) ।अमेरिकाको वासिंगटन स्टेट इलेमेन्ट्रिी स्कुलबाट शुक्रबार अपराह्न विद्यार्थीहरू लिएर आएका बस ड्राइभरलाई बालबालिकाहरूकै सामु छु’रा प्रहार गरी ह’त्या गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रहरीका अनुसार करिब ३ बजे पास्को शहरस्थित लंगफेलो इलेमेन्ट्री स्कुलनजिक सो बसमा चढेका ती हत्याराले ड्राइभरमाथि अचानक आ’क्रमण गरेका थिए ।
अहिले ती नाम नखुलाइएका पुरुषलाई प्रहरी हिरासतमा राखिएको छ । छु’रा प्र’हारको कारण गम्भीर घा’इतेपछि ड्राइभरले नियन्त्रण गुमाउँदा स्कुल बस नजिकैको स्कुल भवनमा ठोक्किन पुगेको प्रहरीले बताएका छन् ।
नाम नखुलेका ती ड्राइभरको उपचारकै क्रममा नजिकको एक अ’स्पतालमा मृ’त्यु भएको थियो । तर, बसमा रहेका कुनै पनि बालबालिकालाई चो’टप’टक नलागेको बताइएको छ । प्रहरी पुग्दासम्म पनि आक्रमणकारी घटनास्थलमै बसिरहेका थिए ।
आक्रमण गर्नुको कारण थाहा हुन सकेको छैन । प्रहरीले घटना सम्बन्धमा गम्भीर अनुसन्धान थालेको पास्को प्रहरी विभागका अधिकृत बिल पार्रामोरले बताएका छन् ।-/File Photo



