समाजयसकारण एसएसपी यादवले रोजेका रहेछन् मृत्युको बाटो

यसकारण एसएसपी यादवले रोजेका रहेछन् मृत्युको बाटो

काठमाडौँ । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव शुक्रबार बिहान ११ बजेसम्म पनि खाना खान नआएपछि भान्छे बोलाउन गए । संघीय प्रहरी एकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव बिहान खाजा खाएर जिम गर्न कोठामा प्रवेश गरेका थिए ।

उनी लामो समयसम्म पनि ननिस्केपछि भान्छे बोलाउन गए । तर, बाहिरबाट ‘सोच्नै नसकिने’ दृश्य देखेपछि भान्छेले डराएर अरूलाई जानकारी गराए । केही समयमै यो सूचना जिल्ला प्रहरी कार्यालयदेखि प्रहरी प्रधान कार्यालयसम्म पुग्यो ।याे खबर राजधानी दैनिकमा छ ।

भान्छेले देखेको दृश्य थियो एसएसपी यादव आफ्नै कोठामा झुन्डिरहेको अवस्था । यो घटनापछि के गर्ने ? भन्ने कुरामा प्रहरी पनि अलमलमा प¥यो । त्यसपछि प्रहरी उनका पारिवारिक सदस्य नआउन्जेल ढोका नखोल्ने निष्कर्षमा पुग्यो ।

एसएसपी यादवका परिवार काठमाडौंमा बस्दै आएका थिए । शुक्रबार साँझ मात्र उनका बुबा, भाइ र श्रीमती घटनास्थल पुगेपछि ढोका खोलिएको थियो । प्रहरीले फरेन्सिक जाँचका लागि विशेषज्ञ डाक्टरलाई पनि त्यहीँ बोलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img