Wednesday, April 30, 2025
समाजनेपालमा कोरोना संक्रमण दोब्बरले बढ्यो
spot_img

नेपालमा कोरोना संक्रमण दोब्बरले बढ्यो

नेपालमा कोरोनाभाइरस संक्रमण दोब्बरले बढेको देखिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बिहीबारको तुलनामा शुक्रबार करिब दोब्बरले संक्रमण बढेको छ ।

मन्त्रालयले शुक्रबार अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि बिहीबार बिहीबार ५४० जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयको विवरणमा उल्लेख छ ।

गत बुधबार ४३५ जनामा कोरोना संक्रमण हुँदा बिहीबार ५४० जनामा कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो २४ घण्टामा चौध हजार ९७१ वटा नमुना परीक्षण गर्दा ९६८ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आठ हजार २७२ जनामा गरिएको पीसीआर परीक्षणमा ५७२ जनामा र ६ हजार ६९९ जनामा एन्टिजेन परीक्षण गर्दा ३९६ जनामा संक्रमण देखिएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ७४१ रहेको छ । पछिल्लो २४ घण्टामा २६२ जना डिस्चार्ज भएका छन् ।

spot_img
spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img