देशमुलुकभर एकैदिन थपिए ९४४ जना नयाँ संक्रमित, २९७ द्वारा स्वास्थ्यलाभ

मुलुकभर एकैदिन थपिए ९४४ जना नयाँ संक्रमित, २९७ द्वारा स्वास्थ्यलाभ

काठमाडौं । छिमेकी राष्ट्र भारतमा तीब्र रुपमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा नेपालमा पनि संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २६४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार ९ हजार ७६२ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ९६ जना र ३ हजार ५०२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २८ हजार ८३७ पुगेको छ ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ९७ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १४ हजार ००६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १३ हजार २६४ जनाको परीक्षण हुँदा हालसम्म कुल ५७ लाख ७४ हजार ३७१ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img