Saturday, July 19, 2025
समाजडब्ल्यूएचओद्वारा कोभिडविरुद्ध २ औषधि सिफारिस, कस्ता बिरामीलाई दिन सकिने?

डब्ल्यूएचओद्वारा कोभिडविरुद्ध २ औषधि सिफारिस, कस्ता बिरामीलाई दिन सकिने?

spot_img

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभिड १९ विरुद्धका दुईवटा नयाँ औषधि सिफारिस गरेको छ। योसँगै कोभिडविरुद्ध लड्ने विकल्प थप भएको छ।

डब्ल्यूएचओले सिफारिस गरेकोमध्ये ब्यारिसिटिनिब पहिलो औषधि हो। यो जटिल अवस्थाका कोभिड बिरामीलाई प्रयोग गर्न भनिएको छ।यो यानुस किनासे (जेएके) नामक औषधीकै वर्गमा पर्ने बताइएको छ। यसले शरीरको प्रतिरक्षा प्रणालीको ओभरस्टिमुलेसनलाई दबाउँछ। डब्ल्यूएचओले यो औषधि कोर्टिकोस्टेरोइडसँगै दिन सकिने जनाएको छ।

- Advertisement -

ब्यारिसिटिनिब ओरल ड्रग (मुखबाट लिन सकिने औषधि) हो। त्यस्तै डब्ल्यूएचओले अर्को मोनोक्लोनल एन्टिबडी ड्रग सोत्रोभिमाब पनि सिफारिस गरेको छ। योचाहिँ सामान्य लक्षणसहितका कोभिड बिरामीलाई दिन सकिनेछ।

अस्पताल जानुपर्ने जोखिमका बिरामीले यो औषधि लिन सक्ने डब्ल्यूएचओले जनाएको छ।खासगरी वृद्धावस्थाका बिरामी, कम स्वास्थ्य प्रतिरक्षा प्रणाली भएका, डायबिटिज, हाइपरटेन्सन र अब्सिटी तथा कोरोनाको खोप नलगाएकाहरुलाई यो औषधि सिफारिस गरिएको छ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img