काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद चर्किएको छ। समानुपातिक सांसद सिफारिसमा चलखेल गरिएको भन्दै नेता गणेश कार्कीले सार्वजनिक रुपमै असन्तुष्टि पोखेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिएको र पार्टीको प्रारम्भिक निर्वाचन अनुसार समानुपातिक सासंदको सुची तयार नगरीएको केन्द्रीय सदस्य एवं पार्टीका प्रचार बिभाग प्रमुख गणेश कार्कीले बताएका छन् ।
उनले भने “म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए । किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ ।”
जति प्रयास गरे पनि थिति बसाउन सकिएन भन्दै उनले अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँको बताए ।
उनले मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न नसकेको सुईकारेका छन् । उनले लेखेका छन् “मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो ।”
“रास्वपालाई समर्थन गर्ने कि नगर्ने तपाईको व्यक्तिगत अधिकारको कुरा हो” भन्दै “आफ्नो ब्रह्मले सहि ठानेको निर्णय गर्न अनुरोध गरेका छन् ।