- कमल लुवागुन
मकवानपुर – हाम्रो देशमा कहिले जातिको विषयमा भेदभाव त् कहिले धनि गरिवको बिचमा भेदभाव किन ? गरिव र साना जातका मानिसहरु खुलारुपले जिउन नपाउने ? सबै लाइ सम्मान कीसिमले बाच्ने अधिकार किन छैन ? हाम्रो देशको बिकासको अबरोधक गरिव र साना जातका मानिसहरु हुन् ? सोचाईको स्तर कहिले परिबर्तन होला ?
हाम्रो देशका चेलीहरु अहिले पनि घर बाहिर निस्कदा डराउन पर्ने अवस्था छ भन्नाले सुरक्षीत छैनन । हाम्रो देश विविधताले भरिएको देश जहा बिभिन्न जातका मानिसहरु बसोवास गर्छन र आआफ्नो सिप अनुसार फरक फरक काम गर्छन त्यहि कामलाई पनि समान दिदैनौ यदि सबै कामलाई उतीकै सम्मान मिल्ने हो भने बिदेशीनेको शंख्यामा पनि केहि कमि हुन्थ्यो होला ।
हुनत नेपालमा जातिवादी कुरा सकियो रे भन्छन तर अझै पनि जात अनुसार मानिसलाई हेरेको पाईन्छ । अझ भन्नु पर्दा काम हेरेर जातको अनुमान लगाईन्छ । समाजको समस्या भनेर वा लेखेर सकिदैन होला तर दाईजो प्रथाको पनि चर्चा गर्न चाहान्छु, दाईजो प्रथा अन्त्य गर्न सरकारले बिभिन्न नियम कानुन त बनाएको छ तर वास्तवमै यसको लागु भएको पाईदैन, थुप्रै चेलीहरुले ज्यान गुमाएका समाचार झन् धेरै सुनिन्छ आजकल, दाईजो कै कारण नारीहरु ज्युदै आगोमा पोलिन्छन, खाल्टोमा गाडिन्छन, यो कहिले सम्म? सरकार किन मुकदर्शक?
कतिन्जेल एक पक्षेले फाईदा नपाएकै कारण अर्को पक्षले ज्यानै दिनु पर्ने ? सबैले एकै किसिमको न्याय कहिले पाउने?
सबैलाई एकै किसिमको न्याय दिनुपर्छ सरकारले समाजमा न्यायमन्त्रणा, सम्मान र सुरक्षाको संरक्षण गर्नु पर्छ । यसले समाजमा एकता, सम्मान र अधिकारहरूको संरक्षण गर्नु पर्छ । सरकारले यसलाई अनुसन्धान, प्रशिक्षण र अधिकारहरूको सम्बन्धमा समर्थन गर्नु पर्छ । यसरी, सरकारले समाजसुधारक र समृद्धिकार्यहरू गर्नुपर्छ । सरकारले सबैलाई एकै किसिमको न्याय दिनुपर्छ तर समाजमा न्यायमन्त्रणा, सम्मान र सुरक्षा बढ्न सकिन्छ ।



