देशदेउवा सरकारको ६ महिना : १७७ किमी सडक कालोपत्रे

देउवा सरकारको ६ महिना : १७७ किमी सडक कालोपत्रे

७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा १७७ किलोमिटर सडक कालोपत्रे भएको बताएका छन् ।

सरकार बनेको ६ महिना पुगेपछि शुक्रबार देशबासीलाई टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफ्नो सरकार बनेपछि भएका कामहरुको विवरण प्रस्तुत गरेका हुन् । उनले भनेका छन्, ‘संघको कार्यक्षेत्र अन्तरगत मुलुकभर १७७ किमी सडक कालोपत्रे भएको र २३ सडक पुल निर्माण भइ सञ्चालनमा आएका छन् ।’ ८२ झोलुङ्गे पुल निर्माण भएको र संघीय संसद भवन निर्माण सन्तोषजनक रुपमा भइरहेको उनले बताए ।

भैरहवा र पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको समेत उनले बताए । यस वर्षभित्र मेलम्चीको पानी काठमाडौंमा वितरण गर्ने काम भइरहेको समेत प्रधानमन्त्री देउवाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img