Sunday, September 8, 2024
राजनीतिएमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउनुपर्ने दिन नआओस : प्रचण्ड
spot_img

एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउनुपर्ने दिन नआओस : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई पनि पहिचानको संकट आउन थालेको बताएका छन्। काठमाडौंको कमलपोखरीस्थित कुमारी हलमा आयोजित माओवादी केन्द्रको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखिकरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

आफूहरुको भनाइ र गराइ एकरुपता नभएको उनको भनाइ थियो। आफूहरुको कामकारबाही र आचरण उद्देश्यसँग नमिलेको उनले बताए।

उनले भने, ‘हामीले जे भनिरहेका छौँ त्यो गरिरहेका छैनौँ। हाम्रो गराई र भनाइ अन्य संसदवादी दलहरु भन्दा भिन्न देखिन छोड्यो। क्रान्तिलाई नयाँ गन्तव्यमा लैजाने हाम्रो उद्देश्य हो, हामीले संदद्वादलाई मानेका छैनौँ। हाम्रो कामकारबाही र आचरण हाम्रो उद्देश्यसँग मिलेको छैन।’

माओवादीलाई पहिलो पार्टी बनाउन जनताले रुचि नदेखाएको उनले बताए। जनताले आफूहरुलाई सच्चिनु पर्छ भन्ने संदेश दिएको उनको तर्क थियो

-Google Ads-

‘हामीलाई पहिलो पार्टी बनाउन त्यति रुचि राखेका छैनन् जनताले। एक चोटी बनाएर हेरेकै हो, धेरै ठूलो पार्टी बनाएर हेरेको हो नि माओवादीलाई। भन्या जस्तो गरेनन् भन्ने देखेर न हामीलाई जनताले अर्को पटक चाहीँ एक हदसम्म शिक्षा सिक भनेर चाहीँ भनेकै हो। २०७४ मा पनि र अहिले पनि जहाँ नेर राख्या छन्, तिमिहरु अझै सच्चिन पर्छ भनेर उनीहरुले हामीलाई संदेश दिएको अर्थमा बुझेको छु मैले,’ प्रचण्डले भने।

आफूहरुप्रति जनताको पूरै मोह भंग भइसकेको स्थिति पनि नभएको भन्दै प्रचण्डले आफूहरु दिनप्रति दिन झन विचलित हुँदै जाने हुन् कि भन्ने चिन्ता जनतालाई भएको बताए।

स्थानीय तहको निर्वाचनमा आफूहरुले जितेको सिटले देशको राजनीतिलाई नै प्रभावित पार्न सक्ने क्षमता राख्ने उनले बताए। माओवादी राजनीतिलाई जता मोड्न चाह्यो त्या मोड्न सक्ने तागतसहित तेस्रो स्थानमा रहेको उनको भनाइ थियो।

विगतमा एमालेसँग गठबन्धन र पार्टी एकता गर्दा उद्देश्य एउटै भएपनि नेतृत्वमा धेरै अहंकार आएपछि त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा आफूहरु पुगेको उनले बताए। कांग्रेसबाट पनि अहिले त्यस्तै डर पैदा भएको भन्दै उनले आशंका व्यक्त गरे।

प्रचण्डले भने, ‘हिजो एमालेलाई हामीले गठबन्धन र पार्टी एउटै बनाउँदा त हामीले राम्रो उद्देश्यका साथ गरेका हौँ नि। तर, यति धेरै अहंकार आयो त्यसको लिडरसिपमा सबै हामी नै हो भनेजस्तो गर्‍यो, हामी त्यसका विरुद्ध विद्रोह गर्नुपर्ने ठाउँमा पुगियो। अहिले कांग्रेसको फेरि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ।’

उनले थपे, ‘हामी चिन्तित छौँ यतिबेला, फेरि कांग्रेस पनि एमाले जस्तै अहंकार र दम्भ चुलिएर माओवादी केही होइन स्थानीय तहमा पनि धेरै जसो ठाउँमा ठेगान लाइयो अब प्रदेश र संघमा पनि ठेगान लाउने भन्यो भने हामीले फेरि एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई लाउने दिन नआओस् भन्ने छ।’

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

स्वदेशमै बसौं कि विदेश जाऊँ?

आज गणेश चतुर्थी पर्व

भदौ २२ गते शनिवारको भाग्यफल

spot_img