राजनीतिराष्ट्रपतिदेखी राष्ट्रिय सभाका अध्यक्षसम्मको तलब बढ्यो

राष्ट्रपतिदेखी राष्ट्रिय सभाका अध्यक्षसम्मको तलब बढ्यो

काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ ।

प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण आर्याल (हाल अवकाश ) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री संघीय प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षको तलब बढाउन आग्रह गरिएको छ ।

प्रतिवेदनमा राष्ट्रपतिको तलब दुई लाख ५० हजार , उपराष्ट्रपतिको एक लाख ५० हजार, प्रधानमन्त्रीको १ लाख १० हजार, सभामुखको ९५ हजार र राष्ट्रियसभाका अध्यक्षको ९५ हजार कायम गर्न उपयुक्त हुने प्रस्ताव गरिएको छ ।

विशिष्ट पदाधिकारीको तलब, सुबिधासम्बन्धी प्रतिवेदन २०७९ सरकारका मुख्य सचिव शंकरदास वैरागीसमक्ष दुई दिनअघि बुझाइएको छ । प्रतिवेदन मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि कार्यान्वयनमा आउनेछ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार

सिफारिस

यो साता चर्चामा

धेरै पढिएका

सुनसरी / धरान उपमहानगरपालिका- २० मा वृद्धा महिलाको गरगहना लुटी ह´त्या गर्ने पक्राउ धरान २० का १८ वर्षका निखिल पक्राउ गरिएको छ । धरान- २०...
काठमाण्डौं । राष्ट्रहित विरुद्धको नागरिकता विधेयक पास गरी कानून बनाएर देशको अस्तित्व नै समाप्त पार्ने दुस्प्रयासलाई राष्ट्रपतिले असफल बनाइदिएको नागरिकता अध्ययन कार्यदलको ठहर छ...
आज श्री शाके १९४४ बि.स.२०७९ असोज ५ गते बुधबार इश्वी सन २०२२ सेप्टेम्बर २१ तारीख आश्विन कृष्णपक्ष एकादशी तिथी तिष्य नक्षत्र परिघ योग वव...

धेरै कमेन्ट गरिएका