Wednesday, May 14, 2025
राजनीतिरबि लामिछाने प्रचण्ड बिरुद्द उठ्दै
spot_img

रबि लामिछाने प्रचण्ड बिरुद्द उठ्दै

spot_img

काठमाण्डौं ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभाको चुनावमा राष्ट्रीय स्वतन्त्र पार्टिका केन्द्रीय सभापती रबी लामीछाने चितवनबाट नै नेपाल कम्युनिष्ट पार्टि माओवादिका अध्यक्ष पुष्प कमल दहाल प्रचण्ड बिरुद्वमा उठ्ने भएका छन्।

गोप्य स्रोत अनुसार लामीछाने चितवनबाट नै चुनाव लडी प्रचण्डलाई हराउने दाउमा छन्। पटक- पटक चुनाव जितेर पनी माखो नमारेको भन्दै लामीछाने पुर्व प्रधानमन्त्रीको किल्लाबाट नै चुनाव लड्न लागेका हुन्।

यस अघी अनौपचारिक कुनै कार्यक्रममा बोल्दै लामिछानेले ,” म ठुला दलका ठुलै नेताको क्षेत्रबाट चुनाव लड्नुपर्छ भनेर बोलेका थिए । त्यो बोली अहिलेको स्रोत अनुसार सत्य सावित भएको छ ।

राष्ट्रीय स्वतन्त्र पार्टि नयाँ पार्टी भएकाले पछि हट्ने सोचेका शिर्षस्त नेताहरुलाई यो ठुलै झड्का हो । यस पार्टिले प्रतिनिधिसभाको निर्वाचनमा केन्द्रमा मात्रै भाग लिने तर प्रदेश स्तरकोमा नलिने समेत जनाएको छ ।

माओवादीका अध्यक्ष प्रचण्डका बिरुद्वमा नै लामीछाने उठ्ने स्रोतले दावि गरेसँगै अब दलमा समेत हलचल उत्पन्न हुन थालेको छ । सबै पार्टिले लामीछानेलाई तारो बनाएको परिपेक्षमा यो निर्णय झन् गहकिलो बनेको छ ।

चुनाव कस्ले बाजि मार्ला त्यो अनुमान गर्न सकिन्न तर लामीछाने कुनै समय झमेला पर्दा समर्थकहरुले देखाएको त्यो मायाले चितवनमा आगामि चुनाव अझा प्रतिस्पर्धात्मक र रोचक बन्ने छ भन्नमा कन्जुस्याइँ गर्दैनौं ।

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img