Friday, October 4, 2024
राजनीतिएमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि भुसालले पार्टी छाडे

एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि भुसालले पार्टी छाडे

काठमाडौं – नेकपा एमालेका नेता घनश्याम भुसालले पार्टी परित्याग गरेका छन् ।

एमालेले प्रतिनिधि सभाको उम्मेदवार नबनाएपछि एमाले नेता घनश्याम भुसालले एमाले छाडेको घोषणा गरेका हुन् । उनले शनिबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

भुसाललले पाटीृमा केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिता मौलाएको भन्दै एमालेको गौरवलाई कुनै दिन पुनस्र्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आएपनि अति भएकाले पार्टी परित्याग गरेको जनाएका हुन् ।

‘मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनस्र्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु’, भुसालले भनेका छन् ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img