Friday, June 20, 2025
राजनीतिप्रधानमन्त्री हुँदा बालुवाटार र अस्पतालमा समय बिताउनेलाई किन चाहियो टिकट?

प्रधानमन्त्री हुँदा बालुवाटार र अस्पतालमा समय बिताउनेलाई किन चाहियो टिकट?

भिम रावल

spot_img

काठमाडौँ- नेकपा एमालेका नेता भिम रावलले अध्यक्ष केपी शर्मा ओली दुई तिहाइको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउने गरेको बताएका छन्।

काठमाडौँमा पत्रकार सम्मेलन गरेर ओली विरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीको राष्ट्रहित विपरीतका र असंवैधानिक कामको विरोध गरेका कारण आफूलाइ टिकट नदिएको बताए।

-Ads-

अछाम १ बाट सर्वसम्मत सिफारिस हुँदा पनि ओलीले टिकट नदिएपछि असन्तुष्टि पोखेका हुन्।

उनले भने, ‘पार्टी अध्यक्षकै कुरा गर्ने हो भने संसदमा अत्यन्त संवेदनशील विषयमा सहभागी नहुने। आफूलाई बोल्न मन लगेको बेलामा अरूलाई उपस्थित हुन उर्दी जारी गर्ने। झण्डै दुई तिहाइको प्रधानमन्त्री हुँदा आधा भन्दा बढी समय सरकारी निवास बालुवाटार र अस्पतालमा बिताउनेले उम्मेदवार हुन पाउने। तर, निरन्तर देश र संसद्मा सक्रिय भूमिका खेल्दा उम्मेदवार हुन नपाउने किन?’

spot_img
spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
spot_img
spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img