राजनीतिशपथ बदरको मागसहित सीके राउतविरुद्ध प्रदर्शन 

शपथ बदरको मागसहित सीके राउतविरुद्ध प्रदर्शन 

काठमाडौं ।। जनमत पार्टीका अध्यक्ष डा सीके राउतविरुद्ध सप्तरी राजविराजमा प्रदर्शन भएको छ । राउतले प्रतिनिधिसभा सदस्यका रुपमा लिएको सपथ खारेज गर्न माग गर्दै प्रदर्शन भएको हो ।

राउतले मधेसी भाषाको रुपमा लिएको सपथको विरोधमा मिथिला नाट्य कला परिषद र मैथिली साहित्य परिषदले संयुक्त रुपमा बिहीबार संसद भवनमा विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले नाराबाजी गर्दै राउतको पुत्ला दहन गरेका थिए । मैथिली साहित्य परिषद् सप्तरीका पूर्वअध्यक्ष देवेन्द्र मिश्रले जनताको सर्वोच्च निकाय संसद सचिवालयले कतै मधेसी भाषा उल्लेख नभएको अवस्थामा राउतसहित उनको पार्टीका अन्य सांसदलाई मधेसी भाषाको सपथ गराउनु संविधानविपरीत भएको बताएका छन् ।

उनले राउतको व्यवहारले समग्र मैथिलीभाषी जनताको भावनामा चोट पुगेको बताए । उनीहरुले राउतको सपथलाई संसद सचिवालयले गैरकानूनी घोषणा गरी संविधानले तोकेको मातृभाषामा सपथ गराउन माग गरेका छन् ।

मिलाफका सचिव विद्यानन्द वेदर्दीले मैथिली भाषी क्षेत्रबाट प्रतिनिधिसभाको निर्वाचनमा विजयी भएका राउतले कुनै पनि भाषामा उल्लेख नभएको मधेसी भाषाको सपथ लिनु असंवैधानिक भएको बताए । नेपालको आधिकारिक दस्तावेज। राउतले मधेसी भाषा भन्दै संसद सचिवालयमा दर्ता गरेको निवेदन असंवैधानिक भएको उनीहरुको दाबी छ ।

राउत मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी भएका थिए ।उनीविरुद्ध आफ्नै क्षेत्रमा प्रदर्शन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img