राजनीतिसडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न मन्त्री श्रेष्ठको निर्देशन

सडकका खाल्डाखुल्डी १५ दिनभित्र पुर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाअन्तर्गतका सडकका खाल्डाखुल्डी अबको १५ दिनभित्र पुर्न एवम् व्यवस्थित गर्न निर्देशन दिएका छन् । 

बिहीबार अनुगमनका क्रममा यातायात मन्त्री श्रेष्ठले यसका लागि छिट्टै सबै महानगर प्रमुख, उपत्यका विकास प्राधिकरण, उपत्यका सभ्यता विकास आयोजनाका सबैसँग सामूहिक छलफल गरिने बताए ।

मन्त्री श्रेष्ठले भने , “हाम्रो मन्त्रालय र विभागअन्तर्गतको हामी सबै यही छौं । सबै बसेर निर्णय गरेका छौं, जिम्मेवारी बोध गरेर यसलाई लागू गर्नुपर्छ । काम जसरी पनि गर्न कार्यान्वयन गर्न म छिट्टै महानगर प्रमुखहरु, उपत्यका विकास प्राधिकरण, उपत्यका सभ्यता विकास आयोजना सबैसँग सामूहिक रुपमा छलफल गर्छौं । सबैको समन्वयमा गर्छौं ।”

उनले अहिले एक पटक टाल्ने प्रक्रिया भएकोमा संयुक्त बैठक र समन्वयमा भोलिदेखि कम्तीमा दुईदेखि तीनवटा ठाउँमा यो प्रक्रिया थालिने बताए । 

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img