राजनीतिके भीम रावल एमाले छोडेर माधव नेपालको पार्टीमा जान लागेका हुन ...

के भीम रावल एमाले छोडेर माधव नेपालको पार्टीमा जान लागेका हुन ?

काठमाडौं, २७ असोज । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले दश बुँदे सहमति अझै कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो पोखेका छन् । उनले आफूहरु धेरै ठूलो जोखिम मोलेर १० बुँदे सहमति गरेको खुलासा गरे ।

आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले दश बुँदे पार्टीका बैठकबाट अनुमोदन भैसकेको पनि स्पष्ट पारे ।उनले एमालेलाई बलियो बनाउनको लागि नै आफूहरुले दश बुँदे सहमति गरेको सुनाए । उनले आफूहरुले पार्टी फुटाउनको लागि वा व्यक्तिगत स्वार्थको लागि दश बुँदे सहमति नगरेको पनि जिकिर गरे ।

उनले भने, हाम्रो उद्देश्य भनेको देश जोगाउने हो । म त नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुँ । हामीसँग दश जनामात्रै होईन, हजारौं पँक्ति छ । उनले अहिले एमालेका कतिपय नेताले दश बुँदे सहमति कार्यान्वयन नगर्ने, बरु छोडेर गएपनि जाउन् भन्ने खालको अभिव्यक्ति दिन थालेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

spot_img

ताजा समाचार

spot_img