काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीसँग भेटवार्ताका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका हुन् । राष्ट्रपतिको निर्वाचनका विषयमा दुई शीर्ष नेता निरन्तर संवादमा रहेका छन् ।
बिहीबार पनि दुई नेताबीच बालुवाटारमा दुई घण्टा लामो छलफल भएको थियो ।