Friday, July 18, 2025
राजनीतिसर्वोच्चका न्यायाधीशहरुले बैठक बहिस्कार गर्ने

सर्वोच्चका न्यायाधीशहरुले बैठक बहिस्कार गर्ने

spot_img

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको सहमतिमा बोलाएको सर्वोच्च अदालतको पूर्ण बैठक फूलकोर्ट मा अरु न्यायाधीशहरु अनुपस्थित हुने भएका छन् ।

आइतबार अपरान्ह बसेको सर्वोच्च अदालतका न्यायाधीशहरुको बैठकले सोमबार बोलाइने फुलकोर्ट बैठकमा सहभागी नहुने सहमति गरेको हो ।हरिकृष्ण कार्कीको प्रतिवेदन र वरिष्ठ अधिवक्ता उपाधी दिने भनी हामीहरुलाई एजेण्डा पठाइएको थियो। त्यसमा हाम्रो सहमति छैन। एक न्यायाधीशले भने सोमबारको बैठकमा हामी उपस्थित हुन सक्ने भएनौं ।

- Advertisement -

उनका अनुसार असन्तुष्ट न्यायाधीशबीच सोमबार विहानैदेखि छलफलमा जुट्ने सहमति भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले आइतबार बारका पदाधिकारीहरुसँगको छलफलमा सोमबारका लागि आफूले सर्वोच्च अदालतका सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक डाक्ने र त्यसमा बारका पदाधिकारीहरु पनि बोलाउने प्रतिवद्धता जनाएका थिए ।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

spot_img