राजनीतिइलाम-२ को उपनिर्वाचनमा एमालेबाट सुहाङ

इलाम-२ को उपनिर्वाचनमा एमालेबाट सुहाङ

काठमाडौं । उपनिर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका सुहाङ नेम्वाङले इलाम जिल्लावासीको सेवा गर्ने संकल्प व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उहाँले असजिलो र अप्ठ्यारो अवस्थामा तयार भए पनि मन, वचन र कर्मले इलामको सेवा गर्ने बताएका हुन् ।

आगामी १५ वैशाख २०८१ मा हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनका लागि नेकपा एमालेले नेम्वाङलाई उम्मेदवार बनाएको छ । उनले यसमा खुशी व्यक्त गर्दै पार्टी र नेतृत्वप्रति आभार व्यक्त गरेका छन् । पार्टीको निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना प्राप्त भएकोमा पनि उहाँले कृतज्ञता व्यक्त गरे ।

नेम्वाङले उक्त उपनिर्वाचन विशेष अवस्थामा भइरहेको बताए । प्रतिनिधिसभा निर्वाचन-२०७९ मा इलामेलीले उहाँका बुवा सुवासचन्द्र नेम्वाङलाई जिताएका थिए तर उनको निधन भएपछि उपनिर्वाचन आवश्यक परेको हो । नेम्वाङले बुवाप्रतिको इलामेलीको आशा, अपेक्षा र विश्वासलाई पुरा गर्न आफू उम्मेदवार बनेको बताए ।

इलामका आदरणीय नेताहरुको संघर्ष र योगदानप्रति सम्मान व्यक्त गर्दै नेम्वाङले इलामका लागि स्पष्ट योजना र मार्गचित्र भएको बताए । उनले इलाम जिल्लावासीको साथ र सहयोग पाउने अपेक्षा राखेका छन् ।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img